Sat2024 July 27
२०८१ साउन १२, शनिबार

चिसोका कारण भूकम्प प्रभावित एक बालिकाको मृत्यु

16

जाजरकोट । चिसोका कारण एक बालिकाको मृत्यु भएको छ । कुशे गाँउपालिका–१ स्याङग्री स्थित सुनित बादीकी तीन वर्षीया छोरी रक्षा बादीको चिसोका कारण मङ्सिर १३ गते मृत्यु भएको हो ।

भूकम्प पीडित बालिका चिसोले बिरामी परेपछि स्थानीय स्वास्थ्य संस्थामा चेकजाँच गर्दा निमोनिया भएकाले थप उपचारका लागी सुविधा सम्पन्न अस्पताल लैजाने क्रममाा बाटोमै मृत्यु भएको कुशे गाँउपालिका– १ का वडा अध्यक्ष नरबहादुर सिहले बताउनुभयो ।

अध्यक्ष सिहकाे अनुसार त्रिपालमुनिको बसाइले अधिकाँश भूकम्प प्रभावित नागरिकहरुमा स्वास्थ्यमा समस्या देखिएकाे छ । चिसो छल्ने न्यानो कपडा प्रर्याप्त नहुँदा खुल्ला जमिनको चिसोले अधिकाँश नागरिकमा टाउको दुख्ने, ज्वरो आउने, पखाला, रुघाखोकी र निमोनियाको लक्षण देखिएको बताउनुभयो ।

विनाशकारी भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आउनु भएको थियो । न्यानो कपडा, त्रिपालमुनिको बसाई अत्याधिक चिसो सिरेटो, लेकाली भेगका बालबालिका सुत्केरी गर्भवती दिर्घरोगी समस्यामा परेका छन् । भूकम्पपछि दिर्घरोगी , बालबालिका र सुत्केरी गरी १८ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर