Sat2024 July 27
२०८१ साउन १२, शनिबार

चिसोको कारण सात जना भूकम्प प्रभावितको मृत्यु

15

मंसिर ४, जाजरकोट । चिसोको कारण जिल्लाको विभिन्न स्थानमा सात जना भूकम्प प्रभावितको मृत्यु भएको छ । भूकम्पपछि त्रिपालमुनिको बासले दिर्घरोगी र ज्येष्ठ नागरिकको चिसोले मृत्यु भएको हो ।

बारेकोट गाँउपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिह, वडा नम्वर १ रामीडाँडाका ७० वर्षीय डुमे पुनको मङ्सिर १ गते मृत्यु भएकोे छ । त्यसैगरी भेरी नगरपालिका–२ का ८० वर्षीय धुलेश्वर कार्की, नलगाड नगरपालिका–४ लहँका ७० वर्षीय गोपालबहादुर रावल, सोहि वडाकी ४७ वर्षीया पम्फा रावल, छेडागाड नगरपालिका–१३ की ५६ वर्षीया मनसरी कामी र जुनीचाँदे गाँउपालिका–४ लुहादहकी ८९ वर्षीय सुगिली नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएस्पी सन्तोष रोकाले बताउनु भयो ।

त्रिपालमुनिको बसार्ई तथा दिर्घरोगले ग्रसित नागरिकको मृत्यु भएको छ । स्वास्थ्य समस्या आएपछि चिसो छल्ने न्यानो कपडा तथा बास नपाएपछि मृत्यु भएको छ । भूकम्प पीडित नागरिक पखाला, रुघाखोकी, ज्वरोका बिरामी दैनिक ५० भन्दा बढी स्वास्थ्य संस्थामा आउने गरेको बारेकोट गाँउपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताउनु भयो । भूकम्प पीडितले समयमा नाना र खाना नपाउनु शित, चिसो छल्ने कपडा प्रर्याप्त नपाउँदा फोक्सो मुटु, दमका दिर्घरोगी समस्यामा परेका छन् । नियामित औषधि प्रयोग गर्ने नागरिकको घरमै औषधि पुरिएपछि नियमित औषधि खाना पाएका छैनन् ।

चिसोले लेकाली भेगका नागरिक थला परेका छन् । नलगाड नगरपालिका–४ का वडा अध्यक्ष बद्री पन्तले राहतको भरमा दिन रात विताएका नागरिक त्रिपालमुनीको बसाई चिसो, शितका कारण बिरामी पर्न थालेका छन् । जिल्लाबाट प्राप्त राहत सामाग्री परिवारलाई एक थानका दरले वितरण गरेपनि चिसो छेक्न नसकेका कारण बिरामी पर्ने थालेको वडा अध्यक्ष पन्तको भनाइ छ ।

भूकम्पले क्षतिग्रस्त भएका घरका नागरिक रुघाखोकी ज्वरो, पखालाका कारण स्वास्थ्य समस्या भएका छन् । सबै भन्दा बढी धनजनको क्षति भएको नलगाड नगरपालिकाका अधिकाँश पीडितले स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्य शाखाका इन्चार्ज प्रचण्ड कार्कीले बताउनुभयो । सित र जाडो छल्ने प्रयाप्त लत्ता कपडा नहुदाँ त्रिपालबाट शित चुहिने चिसो मौसम अत्याधिक जाडो आगोको भरमा दिनरात बिताउन बाध्य भएपछि स्वास्थ्य समस्या बढेको छ ।

गर्भवती सुत्केरी जेष्ठ नागरिक, बालबालिका, निमोनिया, दम, मुटुका रोगीलाई असर गरेको छ । आगो बालेर ताप्ने बाहेक अन्य कुनै विकल्प छैन । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–३ का नरेश शाहले बताउनुभयो । उहाँका अनुसार आफूभन्दा पनि छोराछोरी बिरामी पर्छन की भन्ने चिन्ताले सताउने गरेको भनाइ छ ।

भेरी नगरपालिका–१ रावतगाँउ ठुलो धनजनको क्षति गरेको छ । शित र जाडो छल्ने कपडा नहुदाँ नागरिकहरुलाई स्वास्थ्य समस्या देखिन थालेको भेरी नगरपालिका–१ का दिपक नेपाली बादीले जानकारी दिनुभयो । त्रिपालमुनि राहत पाएको एक थान सामानले सबै परिवारलाई पुग्ने अवस्था नभएपछि आगो बाल्नुको विकल्प नभएको उहाँले बताउनुभयो

श्रम र ज्यालामदुरीबाट दैनिकी चलाएका नागरिकलाई विनाशकारी भूकम्पले थिलोथिलो बनाएको छ । अधिकाँश स्थानमा खेती लगाएको जमिनमा त्रिपाल लगाएर बस्ने गरेपछि गहुँ चना, मसुरो लगाएतका हिउदै बाली नोक्सान भएका छन् । बेलैमा सरकारले गाँस बास कपासको व्यवस्था नगरेपछि धेरै क्षति हुने सम्भावना बढेको छ । वासुदेव शर्मा /इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर