Sat2024 July 27
२०८१ साउन १२, शनिबार

चिसोले एक महिने बालिका सहित ११ जना भूकम्प पीडितको मृत्यु

15

जाजरकोट । चिसोकाे कारण दुई हप्तामा एघार जना भुकम्प पीडितको मृत्यु भएको छ । भेरी नगरपालिका,नलगाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकामा चिसोका कारण एक महिने बालिका सहित ११ जनाको मृत्यु भएको हो ।

त्रिपालमुनिको बसाई , अत्याधिक चिसो र राहतबाट पाएको एकसरो सामाग्रीको भरमा बसेका दिर्घरोगी ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।  भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुता पुनको मङ्सिर ४ गते जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमुनिको बसाईले बालिकालाई निमोनिया भएपछि जिल्ला अस्पातलमा ल्याएको थियो । उपचारका क्रममा बालिकाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी कृष्णबहादुर खत्रीले बताउनुभयो ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाँउपालिका, जुनीचाँदे गाँउपालिकाका लेकाली भेगका बस्तीमा अध्याधिक चिसो, त्रिपालमुनिको बसाई  आगोको भरमा रात बिताएका बालबालिका,  दिर्घरोगीको मृत्यु भएको छ । नाना, खाना, न्यानो बाँस नपाएर चिसोका कारण ११ जना दिर्घरोगी सहित एक महिने बालिकाको मृत्यु भएको छ  ।

चिसाेका कारण एक हप्ता अघि सात जना दिर्घरोगीको मृत्यु भइसकेको छ ।  बारेकोट गाँउपालिका –१ बयालाका ६० वर्षीय कर्णबीर बिक, बारेकोट गाँउपालिका –६ ताँसीका ५५ वर्षीय बीरबहादुर विक र भेरी नगरपालिका–४ का केशव भडेल मृत्यु भएको छ । यो सगै मृतकको सङ्ख्या ११ पुगेको छ ।

त्रिपालमुनीको बसार्ईले स्वास्थ्य अवस्थामा समस्या आएपछि चिसो र सिरेटो छल्न न्यानो कपडा तथा बास नपाएपछि मृत्यु भएको छ । बारेकोट गाँउपालिकाका अध्यक्ष बीरबहादुर गिरीका अनुसार भूकम्प आएपछि आरामसँग सुत्न र खाना नपाएपछि विभिन्न रोगले ग्रसित भएर दैनिक एक सय भन्दा बढी बिरामी स्वास्थ्य संस्थामा आउने गरेको बताए । भूकम्प पीडितले समयमा नाना र खाना नपाउनु शित, चिसो छल्ने कपडा प्रर्याप्त नहुँदा फोक्सो मुटु, दमका दिर्घरोगी बिरामीलाई रात काट्न समस्या छ । भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई खाना भन्दा सुत्नको चिन्ताले सताउने गरेको छ ।  नियामित औषधि खाने दिर्घरोगीले औषधि खाना नपाएपछि रोगले ग्रसित भएका छन् ।

 

बासुदेव शर्मा/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर