Sat2024 July 27
२०८१ साउन १२, शनिबार

‘छैटौं छक्का हानेपछि अब रकर्ड बन्न सक्छ लागेको थियो’

16

हाङ्गचौं – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मंगोलियाविरुद्ध विश्व कीर्तिमानी इनिङ खेल्दा सुरुवाती ६ बलमा ६ छक्का हानेपछि कीर्तिमान बन्न सक्ने मनमा लागेको बताएका छन् । दीपेन्द्रले मंगोलियाविरुद्ध मात्रै ९ बलमा ५० रन पूरा गरेका थिए । विश्व क्रिकेटको कुनैपनि खेलमा बनेको त्यो सर्वाधिक छिटो अर्धशतक हो ।

आइतबार माल्दिभ्सलाई हराएपछि दीपेन्द्रले उक्त कीर्तिमानबारे बताएका छन् ।

‘त्यस्तो दिमागमा त थिएन । गएर सुरुवात गरेपछि पहिलो छक्का हाने । लगातार पाँच हान्न सम्म सोचेको थिएन । ६ छक्का हानेपछि अव कीर्तिमान बन्छ भन्ने लागेको थियो’, उनले भने ।

नेपालले एसिया कपमा अघिल्लो महिना भारत र पाकिस्तानसँग खेलेको थियो । नेपालले क्वाटरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका मध्य एकसँग खेल्नेछ ।

‘हामीले दुई खेल खेलि सक्यौं । पिचको कन्डिसन पनि थाहा छ । उनीहरुलाई हामीले जित्न सक्छौं । स्पिनर धेरै खेलाएर हुन सक्छ । पिच पनि गाह्रो नै छ । त्यसै अनुसार सोचेका छौं’, उनले भने ।

एसियाडमा नेपालले हालसम्म चीनमा पदक जितेको छैन । अव अन्तिम आशाको रुपमा क्रिकेट रहेको छ । दीपेन्द्र मेडल ल्याउनेमा विश्वास राख्छन् ।

‘तत्कालका खेलहरुमा हामीले राम्रो खेलेका छौं । यहाँ पनि मेडन ल्याउन सक्नेमा हामी विश्वासी छौं’, उनले भने, ‘नेपालको लागि मेडल ल्याउनु ठूला कुरा हो । हामी प्रयास गर्नेछौं । अली सजिलो पछि छ । फ्रेन्चाइज टोलीमा भूमिका अनुसार खेलेका छौं । आफ्नो भूमिका अनुसार खेलेका छौं ।’

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर