Sat2024 July 27
२०८१ साउन १२, शनिबार

छोराका लागि औषधि किन्न हिँडेका बुबा बेपत्ता

17

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालबाट एक जना बिरामी कुरुवा बेपत्ता भएका छन् । तनहुँ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १६ लामाचौर बस्दै आएका मिश्र थर गरेको ति व्यक्ति मंसिर २५ गते साँझ ६ः३० बजेदेखि बेपत्ता भएको बताइएको छ ।

उनी बेपत्ता भएको सूचना पाएपछि प्रहरीले खाेज तलास गर्नेक्रममा मणिपाल शिक्षण अस्पताल नजिकैबाट नदीपुर आउने झोलुङ्गे पुलमा बेपत्ता भएका व्यक्तिको कपडा परिचयपत्र भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ति व्यक्तिका १९ वर्षका छोरा संगम मिश्र बिरामी परेपछि उपचारका लागि मणिपाल शिक्षण अस्पतालको आकस्मिक उपचार कक्षमा पुर्‍याइएको थियो ।

संगमको चेकजाँच गरेपछि चिकित्सकले औषधि ल्याउन भनेपछि संगमका बुबा औषधि लिन भनेर बाहिर निस्किएपछि नफर्किएको प्रहरीले सूचनामा उल्लेख गरेको छ ।

तीन दिन बित्दासमेत उनको अवस्था पत्ता नलागेपछि कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. १६ दीपस्थित ड्याममा खोजी गर्ने भएको छ ।

ड्याम खोलेर बेपत्ता व्यक्तिको खोजी गर्नुपर्ने भएकाले ड्यामभन्दा तल सेती नदीको बहाव बढ्ने सक्ने भन्दै प्रहरीले सचेत रहन नागरिकलाई आग्रह गरेको छ ।

प्रहरीले आज सूचना प्रकाशित गरि मंसिर २८ गते दिउसो १२ बजेदेखि ४ बजेसम्म सेती नदी ड्यामभन्दा तलका नागरिक सतर्क भइ नदी वरपर नजान आग्रह गरेको छ ।

कास्की प्रहरीको सूचना

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर