Sat2024 July 27
२०८१ साउन १२, शनिबार

छोराले गरे आफ्नै वृद्ध बुवाको हत्या

17

बारा । ९० वर्षीय वृद्धको हत्या भएको छ । जितपुर सिमरा उप महानगरपालिका–१६ टांगिया बस्ती निवासी ६० वर्षीय दिल बहादुर घलानले आफ्नै बुवा आईत सिंह घलानको हत्या गरेका हुन् । हत्या अभियोगमा दिल बहादुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा दिलबहादुरले निर्घात कुटपिट गर्दा आईत सिंहको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो । तत्सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर