Sat2024 July 27
२०८१ साउन १२, शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

17

बर्दिया, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती किशोरीलाई सोही नगरपालिका-३ गोदानास्थित घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो । साथै पीडितलाई ललाई फकाई गर्ने ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बस्ने २९ वर्षीय अतल बहादुर थारूलाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

त्यसैगरि, मुस्ताङ, ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लोमान्थाङ गाउँपालिका-३ बस्ने २६ वर्षीय जप्याङ गुरूङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । गुरूङले ती बालिकालाई थासाङ गाउँपालिका-२ स्थित विद्यालयको कक्षाकोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लोमान्थाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर