Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

जाजरकोटमा भूकम्प मापन टोली

20

शुक्रबार राति गएको भूकम्पको थप अध्ययन र अनुसन्धान गर्न राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली जाजरकोट पुगेको छ । टोलीको नेतृत्व वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले गरेका छन् ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले उक्त टोलीले भूकम्पको विस्तृत अध्ययन र अनुसन्धान गर्ने बताए । टोलीले भूकम्पको गहिराइ, क्षतिको दिशा र भूकम्पबाट क्षति भएका संरचनाको अध्ययन गर्नेछ ।

यसैबीच, वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङको भूकम्पको पराकम्पन नभई नयाँ भूकम्प भएको बताए । जाजरकोटको रामिडाँडामा शुक्रबार राति गएको भूकम्पपछि चार वटा पराकम्प गएको छ । शनिबार दिउँसो १२ बजेर ४० मिनेटमा ४ दशमलव ५ म्याग्निच्युडको, १२ बजेर २९ मिनेटमा ४ दशमलव २, १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ र ३ बजेर ४० मिनेटमा ४ दशमलव २ म्याग्निच्युडको परकम्प गएको थियो ।

६.४ रेक्टर स्केलको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर