Sat2024 July 27
२०८१ साउन १२, शनिबार

जाजरकोट भूकम्प : मृतकको संख्या १३३ पुग्यो: News Update

17

काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।  जाजरकोटमा ९५ र रुकुम (पश्चिम)मा ३८ जना गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी १४० जना घाइते भएका छन् । प्रहरीका अनुसार जाजरकोटमा ५५ र रुकुम (पश्चिम)मा ८५ जना घाइते छन् । घाइते मध्ये ३३ जना जाजरकोटमा उपचाररत छन् भने २२ जनालाई उपचारका लागि हेलिकोप्टरमाट सुर्खेत लगिएको छ । यता रुकुम (पश्चिम) बाट १५ जनालाई सुर्खेत र नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रविन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर