Sat2024 July 27
२०८१ साउन १२, शनिबार

जातीय भेदभाव गरेको आरोपमा वडाध्यक्षलाई साढे चार महिना कैद सजायको फैसला

17

पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैया नेपालीलाई जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा पोखरा महानगरपालिका–२४ कै वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद सजायको फैसला गरेको छ ।

न्यायधीश अवनी मैनाली भट्टराईको मङ्सिर ७ गतेको इजलासले साढे चार महिना कैद संगै ७५ हजार रुपियाँ जरिबाना र १० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ती दिने फैसला गरेका हो । फैसलामा अधिकारीलाई तीन महिना कैद ५० हजार जरिबाना भनिएपनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको हो ।

पोखरा वडा नम्बर २४ की वडा सदस्य मैया नेपालीले आफुलाई सार्वजनिक कार्यक्रममै जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै ०७९ पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको थियोे ।

उजुरीका आधारमा प्रहरीले अधिकारीलाई पुस २६ गते गिरफ्तार गरेको थियो ।

अधिकारीलाई न्यायधिश ऋषिराज आचार्यको ०७९ माघ ९ गतको इजलासले १ लाख ५० हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

 

सन्जय रानाभाट/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर