Sat2024 July 27
२०८१ साउन १२, शनिबार

जातीय विभेद गरेको कसुरमा दुई महिना कैद फैसला

20

जुम्ला । सिंजा गाउँपालिका – ६ का ३२ वर्षीय नविन बुढालाई जातीय विभेद गरेकाे कसुरमा उच्च अदालत सुर्खेत जुम्ला इजलासले वैशाख ३१ गते दुई महिना कैद, २० हजार जरिबाना र २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको छ ।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश गोकर्ण डाँगीको इजलासले तत्कालीन वडाध्यक्ष कालिबहादुर बुढाले सफाइ पाएका छन् भने उनका छोरा नविन बुढालाई तीन महिना कैद सजायसहित २० हजार रुपियाँ जरिवाना तथा पीडितलाई क्षतिपूर्ति स्वरुप २५ हजार रुपियाँ दिनुपर्ने छ ।

जिल्ला अदालतले ०८० जेठ १८ गते गरेको तीन महिना कैद फैसलामा उच्च अदालत सुर्खेत जुम्ला इजलासले केही उल्टी गरेर दुई महिनाको कैद फैसला गरेको हो ।  जरीबाना र क्षतिपूर्ति भने जिल्ला अदालतको फैसला नै उच्च अदालत सुर्खेत जुम्ला इजलासले सदर गरेको सूचना अधिकारी टंकप्रसाद खत्रीले बताउनु भयो ।

जातीय विभेदको आरोपमा तत्कालीन वडाध्यक्ष ५५ वर्षीय कालिबहादुर बुढा र वडाध्यक्षका छोरा ३२ वर्षीय नविन बुढालाई ०७८ असार २५ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता भएको थियो ।

०७८ असार ६ गते सिंजा गाउँपालिका – ६ का तत्कालीन वडाध्यक्ष कालिबहादुर बुढा र ०७८ असार ८ गते वडाध्यक्षसहित उनका छोरा नविन बुढाले गरेको जातीय विभेदको मुद्दामा सुनुवाइ भएको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर