Sat2024 July 27
२०८१ साउन १२, शनिबार

जिल्ला अस्पतालमा चिकित्सकको अभाव : सेवाग्राही मर्कामा

18

जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना

हुम्ला । जिल्ला अस्पतालमा एक सातादेखि चिकित्सकको अभाव देखिएको छ । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा चिकित्सकको अभाव देखिएको हो । दसैँ र तिहारका लागि घर विदा गएका चिकित्सकहरू विदा सकिएको  नौ दिन वितिसक्दा पनि जिल्लामा नफर्केपछि अस्पतालमा उपचारका लागि आउने बिरामी मर्कामा परेका हुन् ।

दैनिक दिन जिल्ला अस्पतालमा पुगेका सेवाग्राहीले चिकित्सक अभावका कारण सेवा प्रवाहमा समस्या भोगेको गुनासो गरेका थिए । खुट्टा फ्याक्चर भएर मङ्सिर ८ गते जिल्ला अस्पतालमा पुगे पनि दुई घण्टा कुर्दा पनि चिकित्सक नआएपछि रित्तै फर्कनु परेको सेवाग्राही नरजन तामाङले गुनासो गर्नुभयो ।

उहाँका अनुसार जिल्ला अस्पतालमा हाल एक जना मात्रै चिकित्सक रहेकोले सेवाग्राहीको उपचार गर्न नसक्नुका साथै बिरामीको चेकजाँच गरेको रिर्पोट समेत हेर्न नसकेको हो ।

त्यस्तै सोही दिन खार्पुनाथ गाउँपालिका–४ की ३५ वर्षीया विमा शाहीको घरको छतबाट लडेर दाँत र मुखमा चोट लागेर गम्भिर घाइते भएर जिल्ला अस्पतालमा पुगाए पनि जिल्ला अस्पतालमा चिकित्सक अभावमा जिल्ला बाहिर प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको घाइतेका पती चन्द्र शाहीले गुनासो गर्नुभयो ।

उहाँले चिकित्सक अभावले आफूले व्यक्तिगत रुपमा ४ लाख ६० हजार रुपियाँमा नेपाली सेनाको हेलिकप्टर रिर्जव गर्नु परेको बताउनुभयो । लामो समयदेखि चार जना चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा हाल जम्मा एक जनाले सेवा दिंदै आएका छन् । तर उहाँले दैनिक दिन आउने सयौँ सेवाग्राहीलाई समय दिन सक्नु भएको छैन ।

यस अघि सो अस्पतालमा दरबन्दी अनुसारको पद पुर्ति नभएपनि सात जना चिकित्सकहरूले सेवा दिंदै आएका थिए । यो समय जिल्ला अस्पतालमा सयौँ बिरामी आउने गरेको भए पनि चिकित्सक अभावकै कारण रित्तो हातमा घर फर्कनु परेको सेवाग्राहीले गुनासो गरेका छन् । एक्सरे, भिडियो एक्सरे, दिसा पिसा र ब्लड लगायतको रिपोर्ट देखाउनु पर्दा घण्टौँ कुनु पर्ने बाध्यता छ ।

त्यसै गरी, जिल्ला अस्पतालमा यो समय चिकित्सक मात्रै नभइ अन्य स्वास्थ्यकर्मीको पनि अभाव देखिएको छ । सो विषयमा जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख गिता लामालाई बुझ्दा दसैँ र तिहारका लागि गएका चिकित्सकहरूले नेपालगन्जमा हवाई टिकट नपाएका कारण समस्या भएको उहाँले बताउनुभयो ।

 

नन्द सिंह/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर