Sat2024 July 27
२०८१ साउन १२, शनिबार

जीवनदान पाएका कुशलको आक्रामक ब्याटिङ

13

काठमाडौं– टी–२० विश्वकप क्रिकेटमा स्थान बनाएको १० वर्षपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेल आज खेल्दैछ । आज नेपाल र ओमानबीचको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा ओमानविरुद्ध आक्रामक सुरुवात गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ४७ रन बनाएको छ ।

नेपालका कुशल भुर्तेल १७ बलमा ३ चौका र २ छक्कासहित ३० रनमा क्रिजमा छन् । उनलाई सन्दीप जोराले १२ बलमा १ चौकासहित १० रनमा साथ दिएका छन् ।

बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख एक्स्ट्रा कभरमा कश्याप प्रजापतिबाट ६ रनमा क्याच आउट भए ।
बिलालले स्वलो बलमा आसिफलाई फसाएका थिए । कुशल भुर्तेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर फयाज बटको पाँचौं ओभरको अन्तिम बलमा कुशलको क्याच कभरमा आयन खानले छाड्न पुगेका थिए ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । सन्दीप जोरा खेल्दा दीपेन्द्रसिंह ऐरी बेन्चमा छन् । नेपालले आज शुक्रबार राती जाजरकोट भुकम्प केन्द्रबिन्दुमा परि मृत्यु हुनेको सम्झनामा कालो पट्टी बाँधेर खेलेको छ ।

 

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर