Sat2024 July 27
२०८१ साउन १२, शनिबार

टिकटक बन्द गर्ने सरकारको निर्णय अनुचित : गगन थापा

17

२७ कात्तिक, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेको र लाइभमा आएर अस्लिल हर्कत गर्ने, दिन रात गिफ्ट माग्दै अनलाइन बस्ने हुदा त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन नतोकिएको भए पनि छिटै बन्द हुने जानाकारि आएको छ। ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’‍ भाव विगार्ने काम गरेको र लाइभमा आएर अश्लिल हर्कत गर्ने, दिन रात गिफ्ट माग्दै अनलाइन बस्ने हुदा त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।

यस बारे युवा नेता गगन थापा भन्छन्

Gagan Thapa insists for people in the party to undergo change for NC's transformation | Nepalnews

“टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।”

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर