Sat2024 July 27
२०८१ साउन १२, शनिबार

टिपरको ठक्करबाट दुईजनाको मृत्यु

13

दाङ । टिपरको ठक्करबाट दाङमा दुईजनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा गएराति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

रा १ क १३०७ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी गाउँपालिका–६ लुङ निवासी १८ वर्षीय सागर केसी घाइते भएका थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए ।

टिपरसहित चालक रोल्पाको रुन्टिगढी गाउँपालिका–९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर