Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

एनसेलले नीतिगत भ्रष्टाचार गर्‍यो : स्वर्णिम वाग्ले

16

नेपाल सरकारसामु अहिले नै पारपाई नसक्नु समस्याका चाङ छन् । जताततै समस्यै समस्या ! कतिपय समस्या सरकारकै उपज हुन्छन् भने नागरिकहरू पनि बग्रेल्ती समस्या जन्माउने कारक बन्न पुग्छन् ।

रुसी सेनामा सुटुक्क भर्ना भएका नेपालीले नेपाल सरकारका लागि समस्यामा बन्न पुगेका छन् । रुसका तर्फबाट लड्न पुगेका ६ जना नेपालीको जनाको मृत्यु भएको छ भने अरूको अवस्था र सायद सङ्ख्या पनि अज्ञात छ ।

रुसी सेनामा सुटुक्क भर्ना भएका नेपालीले नेपाल सरकारका लागि समस्यामा बन्न पुगेका छन् । रुसका तर्फबाट लड्न पुगेका ६ जना नेपालीको जनाको मृत्यु भएको छ भने अरूको अवस्था र सायद सङ्ख्या पनि अज्ञात छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि मच्चिएको लडाइँ झन् झन् चर्केर गएको छ । यसैबीच वैदेशिक रोजगार भनेपछि हुरुक्क हुने नेपाली युवा राज्यको अनुमति नलिईकन रुसको सुनामा भर्ती हुन पुगे ।

युद्धरत मुलुकको सेनामा भर्ती भएपछि लडाइँमा पठाइनु र मारिनु दुःखद भए पनि अनौठो पनि होइन । तर, रुसले नेपाल सरकारको सहमतिबेगर नेपालीलाई आफ्नो फौजमा भर्ना गरेर युद्धमा पठाउनु भने अन्तर्राष्ट्रिय कूटनीतिक मान्यताविरुद्ध हो ।

सायद, यसैले नेपाल सरकारले रुसी सरकारसँग नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न र अहिले कार्यरतलाई नेपाल फर्काउन अनुरोध गरेको हो । आफ्नो मुलुकको नागरिक जो र जहाँ भए पनि तिनको जीउधनको रक्षा गर्नु सरकारको कर्तव्य पनि त हो ।

नेपाली नागरिकहरू रुसको सेनामा भर्ना हुनु रोजगार स्वीकृति लिएर विदेशमा काम गर्नुजस्तो सामान्य भने होइन । रुसमा रहेका नेपाली फर्काउन नेपाल सरकारले कूटनीतिक प्रयासबाहेक सायद अब अरू केही गर्न सक्तैन ।

परन्तु, गर्न सकिने र गर्नुपर्ने बेलामा पनि नेपाल सरकारले केही गरेन । केही महिना पहिले नै सामाजिक सञ्जाल र सञ्चार माध्यममा रुसी सेनामा नेपाली भर्ना भएको समाचार आउँदा सरकारले चासो नै दिएन ।

यस्तै, रुसी सेनामा भर्ती गराउन मानव तस्करी गर्ने गिरोह पनि नेपालमा सक्रिय रहेछ । नेपाल सरकारको जासुसी स‌यन्त्रले भने कि त यसको भेउ नै पाएन वा उचित महत्त्व दिएन ।

यसैले अहिलेको सङ्कट अलिकति सरकारी संयन्त्रहरूको हेलचेक्य्राइँ, अक्षमता तथा केही नेपाली समाजको ‘लाहुरे’ संस्कृतिको कारण उत्पन्न भएको हो । बेलायती र भारतीय सेनामा भर्ती हुने युवाको लाम यसैको उदाहरण हो ।

जेहोस्, अब सबैभन्दा पहिले जानीनजानी युद्धमा फसेका नागरिकलाई सकुशल फिर्ता ल्याउने प्रयत्न इमानदारीसाथ गर्नुपर्छ । यता रुसी सेनामा गएकाहरूको परिवारजनले पनि सूचना दिएर सरकारलाई सहयोग गर्नु उचित हुनेछ ।

रुस र युक्रेनका लागि नेपाली दूतावासका अधिकारीहरूले पनि झारा टार्ने प्रवृत्ति छाडेर नागरिकको उद्धारमा आफ्नो औचित्य र क्षमता सिद्ध गर्नुपर्छ । परेका बेला काम नलाग्ने हो भने त्यस्ता नियोग बन्दै गरे हुन्छ ।

नेपालसँगको लामो मित्रतालाई ध्यानमा राखेर रुसी सरकारले रुसी सेनामा अवैधरूपमा भर्ती भएका नेपालीलाई सकुशल फिर्ता पठाओस् । युक्रेनमा बन्दी बनाइएका नेपालीलाई नेपाल पठाएर युक्रेन सरकारले पनि गुन तिरोस् !

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर