Sat2024 July 27
२०८१ साउन १२, शनिबार

डाक्टरलाई हातपात गर्ने दुई जना जेल चलान

18

 

पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई साताअघि चिकित्सकमाथि हातपात गर्ने र तोडफोड गर्ने दुई जनालाई कारागार चलान गरिएको छ ।

त्यस्तै घटनामा संलग्न सात जना धरौटीमा रिहा भएका छन् । उनीहरुलाई पक्राउ गरी स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत मुद्दा चलाइएको थियो ।

कास्की जिल्ला अदालतले शुक्रबार सजाय सुनाएको हो । कारागार चलान हुनेमा पोखरा–५ का विनय गुरुङ र पोखरा–१७ का सुशील कार्की रहेका छन् ।

यसैबीच घटनामा संलग्न र परिचय खुल्न नसकेको १० जना भने अझै फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

गत भदौ ५ गते मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराका आफन्तले पोखरा महानगरपालिका–११ फूलबारीस्थित अस्पतालका चिकित्सकमाथि हातपात गरेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर