Sat2024 July 27
२०८१ साउन १२, शनिबार

डायमण्डलाई हराउँदै विभागीय नेपाल पुलिस क्लब महिलातर्फको च्याम्पियन

18

असोज १, रुपन्देही ।   चन्द्रागिरि न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ ।

साविक विजेता समेत रहेको पुलिसले साविककै उपविजेता रहेको डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो ।

इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको फाइनलमा पुलिसले पहिलो सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भएको हो ।

पुलिसले पहिलो सेट १८–२५ ले गुमाएपनि त्यसपछिको तीन सेट क्रमश २५–२२, २५–१४ र २५–२० ले जित्न सफल भयो । यता डायमण्डले पहिलो सेट जितेपनि बाँकी सेटमा त्यही प्रदर्शनलाई निरन्तरता दिन नसक्दा उपविजेतामै सीमित बन्न पुग्यो ।

उपाधिसँगै पुलिसले १ लाख ५० हजार रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको डायमण्डले १ लाख रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

पुरुषतर्फको उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । सोमबार भएको फाइनलमा दुवै टोलीले समान एक सेट जितेपनि लाइट प्रोटेस्टका कारण खेल रोकिन पुग्दा फाइनल मंगलबार हुने आयोजकले जनाएको छ ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) आयोजनामा शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमको सहभागिता रहेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर