Sat2024 July 27
२०८१ साउन १२, शनिबार

डा. भगवान कोइरालाले फेरि ह्याम्समा

15

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले ह्याम्स अस्पतालबाट पुनः सेवा दिने भएका छन् । नेपाल मेडिकल काउन्सिलको अध्यक्षको कार्यकाल सकिएसँगै उनी ह्याम्समा फर्किएका हुन् ।

अध्यक्ष हुनुपूर्व डा. कोइराला ह्याम्सको प्रमुख सल्लाहकार थिए । अब उनले ह्याम्सबाट प्रत्येक दिन दिउँसो २ बजेदेखि सेवा दिने अस्पतालले जनाएको छ ।

डा. कोइरालाले वीर अस्पतालबाट समेत साताको दुई दिन ओपीडी र शल्यक्रिया दुवै सेवा दिइरहेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर