Sat2024 July 27
२०८१ साउन १२, शनिबार

डा. महाबिर पुनले खोले कृषि औजार कारखानाको लागि दक्ष जनशक्ति भ्याकेन्सी

43

आफ्नो बाल्यकालदेखि वर्तमानसम्मको जिवनी, डा. महाबिर पुन सम्झना, सपना र अबिरल यात्रा बेचबिखनबाट संकलित रकमलाई आधार लगानीका रुपमा प्रयोग गरी डा. पुनले विरगन्जमा वर्षौदेखि बन्द औजार कारखानासरकारको अनुमति लिएर व्यवस्थित ढंगले संचालनमा ल्याउन प्रयासरत  थिए सोहि अनुरुप उनले  उक्त कारखाना अझ सशक्त रुपमा संचालन गर्न  दक्ष जनशक्ति आह्वान गरि रोजगारीका लागि भ्याकेन्सी खोलेका छन् ।

नेपाल सरकारबाट सहयोग नपाएपछि उनले आफूले लेखेको जिवनीको किताब बेचेर उक्त कारखाना सुचारु गर्ने अठोट लिएका थिए र सोहि अनुसार आफ्नोजिवनी बेच्न पश्चिम महाकालीदेखि पूर्व मेचीसम्मको यात्रामा छन् ।

आजस्म्म  लगभग ८५,०००प्रति बिक्रि भइसकेको र छ करोड जति रकम संकलन भएको डा पुनले लोक सारथी मिडियालाई जानाकारी दिए। छ करोड जतिको किताब बिक्रि हुँदा किताब बेच्न नेपालका बिभिन्न स्थानमा जाँदा प्रायः खान र बस्न आफ्ना शुभचिन्तकहरुले निःशुल्क उपलब्ध गराउने हुँदा खासै खर्च नभएको जानाकारी डा. पुनले दिनुभयो।

आफ्नो जिवनीको किताब बेचेर आविष्कार केन्द्रको खातामा पाँच  करोड बढी रकम जम्मा भएपछि महाबिर पुनले  कारखानामा चाहिने बिभिन्न   जनशक्तिको भ्याकेन्सी खोलेका हुन्। यसबाट रोजगारीको सुनौलो अवसर त सृजना हुन्छ नै, योसँगै यहाँ उत्पादित औजारबाट किसान लगायत सम्पूर्ण नेपाल र नेपालीलाई फाइदा हुने कुरा पनि डा. पुनले बताउनु भयो। देशमा विभिन्न आविष्कार केन्द्र खोलेर भिन्न किसिमका इनोवेशन (Innovation) गर्न गराउन पहल गर्ने हो भने आजको युवा जनशक्ति पलायन हुने विकराल स्थितिलाई न्युनिकरण गर्न सकिने कुरा पनि डा. पुनले बताउनु भयो।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर