Sat2024 July 27
२०८१ साउन १२, शनिबार

डिजेल र मट्टितेलको मूल्य घट्यो

18

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशनले समायोजन गरेको मूल्यसूची अनुसार निगमले नयाँ भाडा तोकेको हो ।

निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ । घटेसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँमा कायम भएको छ ।

घटेको मूल्य गएरातिदेखि लागू भएको हो । त्यस्तै, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहने निगमले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर