Sat2024 July 27
२०८१ साउन १२, शनिबार

डिसेम्बर 1-3 मा विपद् तयारी, व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन

17

काभ्रेपलाञ्चोकको धुलिखेलमा विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

सम्मेलन मंसिर १ र ३ गते धुलिखेल सामुदायिक अस्पतालमा हुने भएको छ । तीनदिने सम्मेलनमा विभिन्न देशका विपद् विज्ञहरुको सहभागिता रहने र विश्वका विभिन्न देशले अपनाएको विपद् पूर्वतयारीका बारेमा बृहत् छलफल गर्ने बताइएको छ ।

छलफलपछि धुलिखेल अस्पताल र अन्य स्वास्थ्य संस्थाले विपद् पूर्वतयारी र व्यवस्थापनका नयाँ विधि अपनाइने समितिका संयोजक प्रा डा बलराम मल्लले बताए । विपद्, त्यसको असर र आघात, उद्धारको उद्गम र त्यसको सञ्चार र विपद्का बेला विभिन्न पूर्वतयारी, अन्तरविभाग, अन्तर-अस्पताल र सञ्चार समन्वयका विषयमा बृहत् छलफल हुने उहाँले बताउनुभयो ।

सम्मेलनमा २०७२ सालको विनाशकारी भूकम्पमा परी एकैपटक उपचार पाएका चार हजारभन्दा बढी पीडितको अनुभव, विपद्को समयमा स्वास्थ्य संस्थाले अपनाउनुपर्ने तयारी र सरोकारवालाको भूमिकाका बारेमा छलफल र अनुभव आदानप्रदान गर्ने बताइएको छ ।

सम्मेलनमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि पनि योजना बनाउने छ ।

विपद् परेको केही घण्टामा केही स्थान बाहेक काभ्रेपलाञ्चोकका सबै ठाउँबाट विरामीलाई अस्पतालमा ल्याइएपछि सम्भावित रुपमा उपचार उपलब्ध गराउने अस्पतालले तयारी गरिरहेको जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर