Sat2024 July 27
२०८१ साउन १२, शनिबार

डु प्लेसिसले दिए २०२४ को टि२० विश्वकप खेल्ने संकेत

16

एजेन्सी – दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिसले आगामी २०२४ जुनमा हुने टि२० विश्वकपको लागि टोलीमा फर्किने संकेत दिएका छन् । ३९ वर्षीय उनले अन्तर्राष्ट्रिय क्रिकेटमाको रुपमा २०२४ को विश्वकप खेल्ने संकेत दिएका छन् ।

२०२१ को टि२० विश्वकपमा नपरेपछि उनी टोेलीबाट बाहिर रहँदै आएका थिए । डु प्लेसिस २०२४ को टि२० विश्वकपमा दक्षिण अफ्रिका टोलीबाट खेल्ने संकेत दिएका हुन् । उनले हाल दुबईमा जारी टि१० क्रिकेट खेलेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन सक्नेमा मलाई विश्वास छ, ‘डु प्लेसिसले भनेका छन् । त्यसैमा थपेका छन्, ‘हामी यस बारे विगत केहि वर्षदेखी कुरा गर्दै आएका छौं । निश्चित रुपमा हामीले नयाँ प्रशिक्षकसँग कुराकानी गरेका छौं ।’

डु प्लेसिसले गत वर्ष आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलोरबाट कप्तानी गर्दै सानदार प्रदर्शन गरेका थिए । आइपिएलमा उनले गतवर्ष १४ खेलमा ७ सय ३० रनका साथ सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानम थिए । शुभमन गिलले १७ खेलमा ८ सय ९० रनका साथ शीर्ष स्थानमा थिए ।

डु प्लेसिसले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट, १ सय ४३ ओडिआई र ५० टि२० आई खेल खेलेका छन् । २०२० डिसेम्बर देखी उनले दक्षिण अफ्रिकाबाट टि२० आई खेल भने खेलेका छैनन् ।

दक्षिण अफ्रिकाको टोलीमा हेनरिक क्लासेन, क्विन्टन डि कक, एडेन माक्ररम र डेविड मिलर जस्ता टि२० खेलाडी छन् । डु प्लेसिसको आगमनले दक्षिण अफ्रिका ब्याटिङ झनै मजबुत हुने देखिन्छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर