रुपन्देही, १३ भदौ । डेंगीबाट ३ जनाको मृत्यु भएको छ । मुलुकभर ५५८९ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाले जनाएको छ ।
जनवरीदेखि अगस्ट २७ सम्मको तथ्याङ्कमा ७५ जिल्लामा डेंगी देखिएको छ । हालसम्म दुई जिल्लामा ५०० भन्दा बढी डेंगी संक्रमित भेटिएका छन् ।
पछिल्लो समय तनहुँमा डेंगी संक्रमित बढेका छन् । हालसम्म १०६७ जनामा डेंगी देखिएको छ । त्यस्तै काठमाडौंमा ४६६ जनामा डेंगी संक्रमण भएको छ ।
कुन प्रदेशमा कति संक्रमित ?
कोशी – ७४९ जना
मधेश – ८६ जना
वागमती – १४८६ जना
गण्डकी – २४४० जना
लुम्बिनी – ४१८ जना
कर्णाली – ७६ जना
सुदूरपश्चिम – ३३४ जना