Sat2024 July 27
२०८१ साउन १२, शनिबार

डेंगुका कारण तनहुँमा ६ वर्षीय बालकको मृत्यु

17

तनहुँको व्यास नगरपालिका–४ का ६ वर्षीय बालकको डेङ्गु सङ्क्रमणबाट गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । योसँगै व्यास नगरपालिकामा डेंगुबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

उनी दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीका विद्यार्थी थिए । यद्यपी व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे आधिकारिक जानकारी नआएको बताए ।

व्यास नगरपालिका–१० का ३५ वर्षीय व्यक्तिको साउन १ गते, व्यास नगरपालिका–११ का १५ वर्षीय बालक भदौ १९ गते, व्यास नगरपालिका–२ की १३ वर्षीया बालिकाको भदौ २५ र ३४ गते मृत्यु भएको थियो । व्यास नगरपालिका–२ की एक वर्षीया महिलाको असोज २४ गते डेंगुका कारण ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर