Sat2024 July 27
२०८१ साउन १२, शनिबार

तत्काल १० कित्ते नीतिमा परिवर्तन नहुने

16

काठमाडौं – नेपाल धितोपत्र बोर्डले तत्काल १० कित्ते नीतिमा परिवर्तन नगर्ने भएको छ ।

आज नबिल स्टक डिलर लिमिटेडको उद्घाटनमा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ते नीतिमा परिवर्तन नहुने बताएका हुन् ।

अहिले अध्ययनको लागि समिति बनेको र उक्त समितिले दिएको प्रतिवेदनअनुसार हुने उनको भनाई छ ।

धितोपत्र बोर्डले सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा समिति बनाएको थियो । समितिमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरी सदस्य छन् । समितिले आईपीओमा न्यूनतम १० कित्ते नीतिसम्बन्धी व्यवस्था पुनरवलोकनका लागि अध्ययन गर्नेछ । अध्ययनबाट यथावत राख्ने कि हटाउने भन्ने सुझाव पेश हुनेछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर