Sat2024 July 27
२०८१ साउन १२, शनिबार

तनहुँमा ट्याक्सी दुर्घटना, पोखराका ३ सहित ६ जना घाइते

15

तनहुँको बुल्दीपुलमा ट्याक्सी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । डुम्रेबाट दमौली आउँदै गरेको ग१ज ३७३२ नम्बरको ट्याक्सीले बुल्दीबुलमा आइपुग्दा पैदलयात्रुलाई ठक्कर दिएर सडकबाट सडकबाट करिब २०० मिटर तल खसेको छ ।

ट्याक्सीको ठक्करबाट पैदलयात्री व्यास नगरपालिका वडा नं. १ गल्वुवेशी बस्ने आठ वर्षीया नाहिशा गुरुङ र चार वर्षीया निहा गुरुङ घाइते भएका छन् ।

यस्तै ट्याक्सीमा सवार ट्याक्सी चालक पोखरा महानगरपालिका वडा नं. १० बस्ने ४० वर्षीय गौतम, व्यास नगरपालिका वडा नंं १ गल्वुवेशी बस्ने २८ वर्षीया सपना अधिकारी, पोखरा महानगरपालिका-१० बस्ने ५७ वर्षीया हेमकला राई र ६४ वर्षीय विष्णुकुमारी गुरुङ घाइते भएका छन् ।

घाइतेमध्ये दुई पैदलयात्रीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हेमकला र विष्णुकुमारीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सी चालक गौतम र सपना अधिकारी डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर