Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

तरूण दलका नेताको जन्मकैद मिनाहाविरुद्ध भारती मानन्धरले थालिन् अनशन

19

भारती मानन्धरले श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल ‘रिगल’लाई सरकारले दिएको कैद माफी मिनाहाविरुद्ध अनशन थालेकी छिन्। माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म अनशन जारी राख्ने बताएकी छिन्। मंगलबार उनले  ‘रिगल’को कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छिन्।

भारतीले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘रिगल’को कैद सजाय मिनाहा गरिदिएका थिए। रिगलविरुद्ध २८ असार ०७२ मा नेपालगन्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग छ।

बाँकेको नेपालगञ्जमा सोमबार दिउँसो एक युवकको हत्या भएको छ । शहरका कुख्यात गुण्डा नाइके रिगल ढकालले नेपालगन्ज–८ का २८ वर्षीय चेतन मानन्धरलाई नेपालगन्जको व्यस्त सदरमुकाम धम्बोझीमा खुकुरी र खुँडा प्रहार गरी हत्या गरेरेका थिए । मानन्धर ढकाल नेतृत्वको गिरोहका पूर्व सदस्य थिए । केही महिनाअघि विवाद भएपछि उनले उनीहरुको सँगत छोडेका थिए । २०७२ साल असार २८ गते सोमबार दिउँसो करिब ३ बजे नेपाल वायु सेवा निगमको कार्यालय नजिकै उक्त घटना भएको  थियो। घटनास्थल प्रहरी चौकीबाट करिब १०० मिटर टाढा छ । मानन्धरको घाँटी र हातमा चोट लागेपछि उनलाई नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । तर, रक्तश्राव रोकिएन उनको उपचारकै क्रममा मृत्यु भयो। यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो ।  घटनापछि ढकाल भने फरार थिए । श्रीमान गुमाएकी पीडिताले पटक पटक न्यायको माग गरेपछि ढकाललाई पक्राउ गरिएको थियो । बाँके जिल्ला अदालतले २०१९ वैशाखमा ढकाललाई जन्मकैदको फैसला सुनाएको थियो र उनको सम्पूर्ण सम्पत्ति जफत गरेको थियो ।

जेल परेको पाँच वर्ष नबित्दै चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका ’रिगल’ भनिने योगराजलाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो। ढकाल तरूण दलका नेतासमेत हुन्।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर