Sat2024 July 27
२०८१ साउन १२, शनिबार

तामाको भाँडामा पानी पिउनेहरुले थाहा पाइराख्नुपर्ने कुरा

19

स्वास्थ्यप्रतिको सचेतना भएका व्यक्तिहरुले तामाको भाँडा प्रयोग गर्दछन् । तामाको बोतल र जगमा पानी राख्ने हो भने पानीमा रहेका पौष्टिक खनिज पदार्थहरु सन्तुलित अवस्थामा रहन्छन् । तामाको भाँडामा पानी पिउनु शरीरका लागि धेरै फाइदाजनक हुन्छ । तर यसको प्रयोग विधिबारे जानकारी हुनु आवश्यक छ । तामाको भाँडा आयुर्वेदिक चिकित्सा पद्धतिको भाग हो भने प्राचीन सभ्यताको अङ्ग पनि हो । तामाको भाँडामा पानी पिउँदा ती सबै रोगबाट मुक्त पाइन्छ जुन दूषित पानीका कारण हुने गर्दछ । तामामा एन्टि इन्फ्लेमेटरी, एन्टि बेक्टिरयल र एन्टि वाइरल प्रोपर्टिज हुन्छ । तामाको भाँडामा भण्डारण गरिएको पानीले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । तामा धातु शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण तत्व हो तर कप्पर शरीर आफैले बनाउन सक्दैन त्यसैले यसको पूर्ति खानाको माध्यमबाटै गर्नुपर्दछ । विश्व स्वास्थ्य संगठनले गरेको सिफारिश अनुसार कम्तिमा ०.४७ मिलिग्राम र अधिकतम १० मिलिग्रामसम्म तामा प्रत्येक दिन आपूर्ति गर्नुपर्ने हुन्छ ।

शुद्ध तामाको भाँडा
बजारमा थोरै लगानी गरेर धेरै आम्दानीको चाह राख्ने लालची उद्योगी तथा व्यापारीहरुले नक्कली तामाको भाँडालाई सक्कली बताउँदै बेच्नेगरेको पाइन्छ । नक्कली भाँडा भन्नाले मिसावट भएको तामाको भाँडा भनेर बुझ्नु पर्दछ । सक्कली र नक्कली कसरी पत्ता लाउने भनेर प्रश्न उठ्ला । यसको सरल उपाय छ नक्कली तामा चिन्नका लागि सबैभन्दा सरल उपाय हो चुम्बक विधि । चुम्बक सक्कली तामामा टासिदैन । स्टील, फलाम वा स्टिल मिश्रित तामामा चुम्बक टासिन्छ ।

सफा राख्ने तरिका
तामाको भाँडालाई कागती र पानीले सफा गर्नुपर्दछ । यसरी सफा गर्ने हो भने तामाको भाँडामा लाग्ने कालो तह जान्छ । तामाको भाँडालाई भुलेर पनि साबुन सर्फले धुनुहुँदैन किनकि तामाको भाँडाले साबुन सर्फलाई सोस्छ । यस्तो भाँडामा पानी राखेर पिउनु शरीरलाई स्वास्थ्यकर हुँदैन । तामाको भाँडा सधै धोएर प्रयोगमा ल्याउनु लाभप्रद हुन्छ ।

राति पानी भरेर राख्ने
रात्रिको समयमा तामाको भाँडामा पानी राखेर बिहान खाली पेट त्यो पानी पिउँदा यसले रक्त विकार हुन दिदैन । तामाको भाँडामा पानी राख्दा प्राकृतिक प्रशोधन हुन्छ । पानीमा भएका किटाणु, अल्गी, फङ्गी, मल्ड्स सबै मर्छन् । तामाको भाँडामा राति पानी राख्दा समयको ख्याल राख्नु जरुरी छ । तामाको भाँडामा ८ देखि १० घण्टाभन्दा बढी भण्डारण गरेर राखिएको पानी सकेसम्म पिउनु हुन्न ।

खाना बनाउनु हुँदैन
तामाको भाँडा खाना पकाउनका लागि गर्नु हुँदैन । यसो गर्ने हो भने खानाको स्वादमा परिवर्तन आउन सक्छ । विशेषगरी टमाटर, कागती प्रयोग गरेर तरकारी पकाउँदा यसले पेटको सामान्य कार्यलाईलाई असन्तुलित बनाउन सक्छ । पेट डुम्म हुने, वान्ता आउने जस्तो समस्या हुन सक्छ । खाना खाए पछि तामाको भाँडामा राखेको पानी पिउनु पनि हुँदैन । यसले पाचन पक्रियालाई असर गर्न सक्छ ।

हाम्रो शरीरमा तामा, चाँदी, स्वर्ण, लौह लगायत १८ धातुहरु हुन्छन् । कुनै एक तत्वको कमी भएमा त्यसले विशेष प्रकारको लक्षण प्रकट हुन्छ शरीरमा जस्तै तामाको कमी भएमा कपाल झर्न थाल्छ , आँखाको हेर्ने शक्ति क्षीण हुँदै जान्छ, रक्त अल्पताको समस्या हुन्छ ।

तामाकै भाँडामा पानी पिउने कि नपिउने
तामाको कमी शरीरमा छैन भने तामाको भाँडामा पानी नपिएकै बेस हुन्छ । तर उमेर ४० कटेपछि शरीरमा तत्वहरुको प्रायः कमी हुन थाल्नेहुनाले तामाको भाँडामा पानी पिउनु सुरु गर्नु उचित निर्णय मानिन्छ । लगातार लामो समयसम्म तामाको भाँडामा पानी पिउँदा त्यसले नकारात्मक असर देखाउन सक्छ । त्यसैले लगातार तीन महिना पिएपछि १ महिनासम्म पिउन बन्द गरिदिनुपर्छ । पुनः तीन महिना पिएर फेरि एक महिना पिउन बन्द गर्नुपर्छ । यसरी पिउने हो भने नकारात्मक असरलाई रोक्न सकिन्छ ।

कागती पानी पिउन हुन्छ कि हुँदैन
तामाको भाँडामा कागतीको शर्बत बनाएर पिउनाले स्वास्थ्यलाई नोक्सानी गर्छ । कागतीसँग तामाले प्रतिक्रिया गर्छ अनि त्यसमा टाक्सिसिटी (Toxicity) पैदा हुन्छ जसले पाचतन्त्रलाई हानि गर्छ ।

तामाको भाँडा फ्रिजमा राख्ने कि नराख्ने
तामाको भाँडा मात्रै होइन अन्य कुनै पनि धातुजन्य भाँडाहरुसमेत फ्रिजमा राख्न हुँदैन । फ्रिजमा भएको क्लोरोफ्लुरोकार्बन ग्यास तामासँग रिएक्ट गर्दा त्यसले बेफाइदा निम्त्याउँछ ।

तामाको भाँडामा तातो पानी
तामाको भाँडामा तातो पानी पिउन सकिन्छ । तर अरु भाँडामा पानी तताएर त्यस पानीलाई तामाको भाँडामा खनाएर पिउनु हुँदैन । तामाकै भाँडामा राखेर तताउन पर्छ ।

अल्सर, निमोनिया र तपेदिकमा पिउने कि नपिउने
माथिका समस्या भएकाले बिहान पानी तामाको भाँडामा मात्रै होइन कुनै पनि भाँडामा पिउनुहुँदैन । बिहानको समयलाई छोडेर अन्य कुनै पनि समयमा माथिका समस्या भएकाहरुले पनि तामाको भाँडामा पानी पिउन सक्छन् ।

तामाको भाँडाको फाइदाहरु
तामा एन्टिअक्सिडेन्ट, एन्टि कार्सिनोजेनिक, एन्टि इन्फ्लेमेटरी, एन्टि माइक्रोबियल प्रोपर्टिजले भरिपूर्ण हुन्छ । तामाले क्यान्सरको रोकथाम गर्छ, बुढ्यौली प्रक्रियालाई बिलम्ब बनाउँछ, उच्च रक्तचापलाई सन्तुलनमा राख्छ, मस्तिष्कघातको रोकथाम गर्छ, वात तथा जोर्नीको दुःखाईमा लाभप्रद हुन्छ, थाइराइड ग्लैण्डलाई स्वस्थ राख्दछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर