Sat2024 July 27
२०८१ साउन १२, शनिबार

तिनकुनेमा राष्ट्रिय युवा सङ्घले गरेको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न (फोटो फिचर)

15

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको नेतृत्वमा युवा-विद्यार्थी विशेष सङ्गठनले ०८० मङ्सिर ७ गते तिनकुनेमा योजना गरेको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रदर्शन हुनुपूर्व सूर्यविनायक, कोटेश्वर, ग्वार्को, चाबहिल लगायत उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निस्किएर तिनकुनेमा मिसिएको थियो । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न ठाउँबाट आएको र्‍याली तीनकुनेमा जम्मा भएर कोटेश्वर हुँदै पुनः तिनकुने आएर सभामा परिणत भएको थियो ।

सभालाई नेकपा एमालेका नेता भानुभक्त ढकाल, किशोरविक्रम मल्ल, महेश बस्नेत, राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडाल लगायतले सम्बोधन गरेका थिए ।

सभाको सुरक्षार्थ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको जनशक्ति सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन भएको थियो । विभिन्न ठाउँबाट सभास्थलमा आएका र्‍यालीका कारण नयाँ बानेश्वर, कोटेश्वर खण्डको यातायात केहीबेर प्रभावित बनेको थियो । इन्सेक केन्द्रीय कार्यालयबाट खटिनुभएका मदन पौडेल, कृष्ण गौतम, रमेशप्रसाद तिमल्सिना, विमल पौडेल सहितको टोलीले प्रदर्शन स्थल र सभाको अनुगमन समेत गर्नुभएको थियो ।

Photo_080-78-7_Kathmandu

Photo_080-78-7_Kathmandu1

Photo_080-78-7_Kathmandu2

Photo_080-78-7_Kathmandu3

Photo_080-78-7_Kathmandu4

Photo_080-78-7_Kathmandu5

Photo_080-78-7_Kathmandu6

Photo_080-78-7_Kathmandu7

Photo_080-78-7_Kathmandu8

Photo_080-78-7_Kathmandu9

Photo_080-78-7_Kathmandu0

 

विमल पौडेल/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर