तिमी बिना म बाचुँ कसरी बाटो देखाइदेऊ
एक्लो पार्यौ किन यसरी मलाई बताइदेऊ
तिमी बिना म बाचुँ कसरी बाटो देखाइदेऊ
तिम्रा लुगा बाकस र झोलाभरि छन्, घरमा तिमीले राखेका
राता बिन्दी भित्ताहरुमा टल्किन्छन् निधारमा तिमीले टाँसेका
एक्लै जिउन गाह्रो, सँगै मर्न गाह्रो, कसरी मानिस बाँचेका ?
आउँछु म त्यहाँ तिमी छौ जहाँ ठेगाना पठाइदेऊ
तिमी बिना म बाचुँ कसरी बाटो देखाइदेऊ
पकाएर खाना दिन्थ्यौ तिम्ले, लुगा मेरा बेलैमा धोइदिन्थ्यौ
सन्चो छैन आज कहिल्यै भनिनौ बरु एकान्तमा रोइदिन्थ्यौ
लाउनेखाने चिजहरु किनी ल्याउन आफैँ बजार गइहाल्थ्यौ
देख्दिनँ तिमीलाई लुकाइदिने त्यो पर्दा हटाइदेऊ
तिमी बिना म बाचुँ कसरी बाटो देखाइदेऊ
तिमी बिना घर आँगन खाली छ, फर्क गएको धेरै दिन भो
तिम्रो साथले थियो कस्तुरी जीवन, आज आफैसँग घिन भो
आफ्नोभन्दा धेरै मेरो ख्याल राख्यौ, कसरी तिरुँ ठुलै रिन भो
नसुन्दा सुनो लाग्दछ चुरा छनछन छन्काइदेऊ
तिमी बिना म बाचुँ कसरी बाटो देखाइदेऊ
सुट्ट गयौ तिमी नभनी नसोधी, यो त धोखा भएन र ?
धरधरी रुन्छु सम्झी तिमीलाई, तिम्रो त्यो मन रोएन र ?
व्याकुल मन तिम्लाई पुकार्छ, आवाज तिमीसम्म पुगेन र ?
सुनेकी छौ मेरो आवाज , तिमीले जनाइदेऊ
तिमी बिना म बाचुँ कसरी बाटो देखाइदेऊ
भन्थ्यौ बिहेको पच्चीस वर्ष पुग्दा, जन्तीसित लिन आए
समय आयो फर्क कसैको तनमा, अब कत्ति बेर नलाए
आउँछु लिन जन्तीसहित आफूलाई, रातो सारीमा सजाए
चाहना छ हर एक जनममा, दुलही बनी आइदेऊ
तिमी बिना म बाचुँ कसरी बाटो देखाइदेऊ
प्रकाशित मितिः 2081-04-27/राजु विके
मन नै छोयो।