Sat2024 July 27
२०८१ साउन १२, शनिबार

तिलोत्तमामा मानव अधिकार कला महोत्सव–२०२३ हुँदै

17

No description available.

मंसिर २८, रुपन्देही । साहसी कदम नेपाल र फ्रीडम स्टुडियो नेपालको आयोजनामा मानव अधिकार कला महोत्सव–२०२३ (Human Rights Art Festival-2080)  हुँदै छ । तिलोत्तमा नगरपालिकाको प्राङ्गणमा मंसिर ३० गते शनिवारका दिन उक्त कार्यक्रम गर्न लागिएको साहसी कदम नेपाल, रुपन्देहीकी अध्यक्ष आनिक रानामगरले जानकारी दिनुभयो ।

अध्यक्ष आनिक अनुसार यो कार्यक्रम अल जेन्डर ओपेन आर्ट फेस्टिवल भएकाले उक्त फेस्टिवलमा सबै क्षेत्रको प्रतिनिधित्व गर्ने आर्टिस्टहरुले भाग लिन पाउने छन् । हिंजोसम्म ६६ जना आर्टिस्टहरुले आफ्नो नाम दर्ता गराएको सम्बन्धित स्रोतबाट जानकारी प्राप्त भएको छ । यस फेस्टिवलमा मिडियाकर्मी तथा सामाजिक अभियन्ताहरुले पनि भाग लिन लागेको बताइएको छ ।

No description available.

सहयोगी प्रयासहरु मार्फत् सबैका लागि स्वतन्त्रता र न्याय बढाउने पहलहरु डिजाइन र सिर्जना गर्ने लक्ष्य राख्दै आयोजना गर्न लागेको उक्त कार्यक्रममा मानव अधिकारको वास्तविक मूल्य अन्वेषण गर्न सिर्जनशील कलाकार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाजका अगुवा एवं शुभचिन्तक तथा उर्जावान युवा मस्तिष्कहरुलाई एकै ठाउँमा उभिन आग्रह गर्दै सामाजिक सञ्जाल एवं अन्य माध्यमबाट पत्राचार एवं डिजिटल रुपमै निमन्त्रणा गरिएको अध्यक्ष रानामगरले बताउनु भयो ।

मानवीय मूल्यलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सबै पक्षले आत्मासात् गरि मानव जीवनको समृद्धि, खुशी र विकासका आधारहरु सुनिश्चित गरिनु पर्दछ भन्ने विभिन्न संघ, संस्था तथा सामाजिक अभियान्ता, मानव अधिकारकर्मी तथा कानूनविद्हरुले LGBTIQA+ आन्दोलनमा समर्पित संस्था साहसी कदम नेपालसँग सहयोग, सहकार्य र समन्वय गर्दै आएका छन् ।

महोत्सवमा निःशुल्क स्टल बुकिङ्गको व्यवस्था गरिएको छ । स्टलले कला र शिल्प सामग्री अनिवार्य रुपमा प्रतिबिम्बित गर्नुपर्ने आयोजकले बताएको छ । महोत्सव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने छ ।

No description available.

LGBTIQA+ ( Lesbian, Gay, Bisexual, Trans, Intersex, Queer, Asexual) समुदायको मानव अधिकार सुनिश्चित गर्नका लागि लामो समयदेखि आन्दोलन एवं संघर्ष जारी छ । यस समुदायका समलिङ्गीहरुबीचको भावनात्मक सम्बन्धलाई आधुनिक मानव समाजले अस्वीकार गर्दै आएकोमा सर्वाेच्च अदालतले समलिङ्गी विवाह दर्ताको व्यवस्था गर्न गत असारमा सरकारलाई अन्तरिम आदेश दिएसँगै नेपालमा पहिलो पटक २०८० साल मंसिर १३ गते कानूनी रुपमा समलिङ्गीहरुको विवाह दर्ता भएको छ जसलाई दक्षिण एसियाकै पहिलो कानूनी मान्यता प्राप्त समलिङ्गी विवाह भनिएको छ । यस अघिको अवस्थामा समलिङ्गी जोडीले आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य सेवा, सम्पत्ति लगायतका व्यवहार र कारोबारमा अड्चन खेप्दै आउनु परेको थियो ।

संविधानले नागरिकलाई लैङ्गिक पहिचान सहितको नागरिकता प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको र विवाह गर्ने स्वतन्त्रता हुने कानूनी आधार उल्लेख गरेको छ । महोत्सवले समलिङ्गीहरुको मानवीयता, मानव अधिकारको सुनिश्चितता र उनीहरुलाई समाजमा समान स्थान दिलाउन थप बल प्रदान गर्ने तथा प्रेरणा दिने अध्यक्ष रानामगरले बनाउनु भयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर