Sat2024 July 27
२०८१ साउन १२, शनिबार

तिलोत्तमामा ट्रकको ठक्करबाट सहकारी अभियान्ता देवकोटासहित २ जनाको मृत्यु

15

 

May be an image of 1 person and smiling

मंसिर ४, रुपन्देही । रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटाको सडक दुर्घटना परी मृत्यु भएको छ । देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो । बुटवलबाट भैरहवातर्फ जादै गरेका मोटरसाईकल सवार देवकोटालाई पछाडीबाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटासंगै अर्की एक महिलाको समेत घटनास्थलमा मृत्यु भएको हो ।

मृतकहरु दुवैको शव मणिग्राम स्थित क्रिमसन अस्पतालमा राखिएको छ। अर्काे मृत महिला को हुन् भन्ने बारेमा विवरण आउन बाँकी छ तर उनको नाम यादा क्षेत्री बताइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर