Sat2024 July 27
२०८१ साउन १२, शनिबार

तिलोत्तमा नगरपालिका वडा नम्बर-५ का सदस्य हिरा गिरीमाथि हातपात

21

तिलोत्तमा,मङ्सिर १२ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-५ का सदस्य हिरा गिरी डायमण्डमाथि केहि अराजक ब्यक्तिद्वारा हातपात भएको छ। कार्यालय समयमा चिया खान बाहिर होटलमा आएका उनलाई तिलोत्तमा-४ नयांमिल बस्ने बिष्णु भण्डारीले हातपात गरेको प्रत्यक्षदर्शिले बताएका हुन्। मेलाको बिषयमा दोस्रो पक्षसंग भनाभन भैरहेको बेला पुगेका गिरी माथि सो व्यक्तिले हातपात गरेका हुन्। कार्यालय समयमा खाजा खान गएको बखत आफुलाई एक्कासि हातपात गरेको प्रति दु:ख व्यक्त गर्दै गिरीले कानुन अनुसार कारबाहीको माग गरेका छन्।

अर्कै वडा का ब्यक्ति अर्को वडा कार्यालयमा आई वडा सदस्यमाथि हातपात गर्नु कानुन बिपरित हो । वडा सदस्य गिरीले दु:ख व्यक्त गर्दै भने सामान्य भनाभन भैरहेको बेला सम्झाउन खोज्दा हातपात भएको हो भन्ने कुरा आएपनि घटना के कति कारणले घटेको भन्ने बिषयमा खुलेको छैन । आरोपित बिष्णु भण्डारी अलिक फरक स्वभाव र अराजक ब्यतित्व हुन भनेर निज हिरा गिरिले जनाएका छन । घटनाबारे वडा सदस्य गिरीले वडा,नगरपालिका, र प्रहरीमा समेत जानकारी गराइसकेका छन्।

जनप्रतिनिधि माथि भएको यस्तो खालको आक्रमणले आफुलाई सामाजिक कार्य गर्न समेत असर पुगेको उनको भनाई छ। नेकपा माओबादी केन्द्रका नेता रहेका शालिन सहयोगि र बिकास प्रेमि गिरी गएको चुनावमा कांग्रेस र माओबादिको गठबन्धनबाट निर्वाचित भएका र वार्डमा सराहनिय काम गरेका जनप्रतिनिधि हुन। उनि एक निडर र स्पष्टवक्ता बिकास प्रेमि ब्यक्ति हुन जो समाज मा आइ परेका हर समस्या संङ डटेर सामाना गर्न रुचाउछन्। यस दुखद घटना पछि उनिले आफ्नो फेसबुक मै एक स्टाटस हाले जुन केहि आफुले समाजको लागि गरेका उत्कृष्ठ कार्य छन भने केहि वार्ड तथा नगरका बिकृति एवम कानुन बिपरित भएका र देखेका कार्यप्रति प्रकास पारेका छन। जुन यस प्रकार छ:-

भ्रमको खेती नगरौं, यथार्थ जनताको अदालतबाट छिनोफानो हुन्छ । दोषी हुंदाको दिन वडा सदस्यबाट राजिनामा दिनेछु।  म जनताको सेवक हुं, देखाउ मेरा गल्ति र कमजोरीहरु, उभ्याउ मलाई जनताको अदालतमा, जनताको मत बेचेर खांदिन । नहुने कुरा हुन्छ भनेर ढाट्दिन्, मर्दको छोरो हुं आगो सहन्छु,अन्याय सहन्न ! बन्द गर मेरा बिचारहरु,समातिदेउ मेरा सेवा गर्ने हातहरु सक्दैंनौं बन्द गर्न जनताको माया र प्रेम !! के म बर्खामा बाढीले डुबान् हुंदा नालीमा पसेर सफा गर्नु गल्ति थियो ?   के नगर प्रहरीको सहयोगमा सडकका गाईगोरु गौशाला पुर्याएर पाप गरेँ, के सडकमा भोकै नाङ्गै हिडेका मान्छे मानव सेवा आश्रम लगेर पाप गरेँ ?  के सडकका कुकुरलाई रेबिजको भ्याक्सिन र बन्धाकरण गरेर ,मरेका कुखुरा हातले समातेर फोहोरको गाडिमा हालेर, गाईमा लाग्ने प्राणघातक रोग लम्पि स्किन रोग विरुद्धको खोप नगर पशु डाक्टरको सहयोगमा किशानको गोठगोठमा गएर लगाएर पाप गरेँ ? के गरिबका केटाकेटी सरकारी स्कुलका गुरुसंग झगडा गरी गरी निशुल्क पढाउने व्यवस्था मिलाएर अन्याय गरेँ ? के वडाका ८ वटै टोलका आदरणीय जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य शिविरमा खटेर गल्ति गरेँ ? के वडा सदस्यको कुर्सीमा नबसेर कार्यालय सचिवको छेउमा बसेर जनताका निवेदन, फोटोकपि , जिज्ञासा समाधान गरेर महाभुल गरेँ?

जस्ता संवेदनशील प्रश्नहरु हिरा गिरीले उठाएका छन् । उनले थप्दै सोधेका छन्-   के तिलोत्तमा-०५,का जनतालाई वडाका हरेक सुचना पुर्याउंदा, पानीको पाइप फुट्दा, लाइन काट्दा, मल बिऊ आउंदा, तालिम हुंदा सबैखाले सुचना जनतासंग पुर्याएर गल्ति गरेँ ? म पनि तिलोत्तमाको जनप्रतिनिधि हुं-के कार्यवाहक वडा अध्यक्ष , बालमैत्रीको, कृषि , वडाका जनतालाई दिने तालिमको जिम्मा मैले पाछु ,यो मेरो अधिकार क्षेत्रभित्र पर्छ कि नाई ? मेरा थुप्रै सवाल छन्:-

१।वडाको बजेट योजनाको छलफलका ३ वडा मिटिन्ग छन्, भत्ता हामी सबैले बुझ्छौं, के कहिलैं सबै मिटिन्ग छलफल,अन्तरिक्रिया भएका छन् ?
२।म न्यायको भिख माग्ने मान्छे होइन् जनताको अपार माया पाएर निर्वाचित जनप्रतिनिधि हुं ।
३।काहीं कतै जनताको मत बेचेर खाको भए म फांसीमा लड्किन तयार छु, हामी त हिजो मृत्युलाई जितेर आको मान्छे हो नि
४।लोकतन्न्रमा वडा कार्यालयमा गुण्डाराज गर्न पाईन्छ कि पाईदैंन् ?
५।कार्यालय समयभित्र वडा अध्यक्ष, वडा सदस्य, प्राविधिक, टोल विकाशका प्रतिनिधिले लुम्विनि एफ. एम टोल अन्तर्गत वडा कार्यालय अगाडि योजना इष्टिमेट गरिरहेको बेला जनप्रतिनिधिमाथि टोले गुण्डाहरु बोलाएर कुट्न पाइन्छ कि पाईदैन् ?
६।कार्यकर्ताले नियोजित ढन्गले कुटमिट गर्दा करिब १ बर्ष वडा अध्यक्ष संग कुम जोडेर हिडेको व्यक्ति आफ्नै वडा सदस्यलाई कुटपिट गर्दा टुलुटुलु हेरेर बस्न पाइन्छ कि पाईदैंन् ?
७।आरोपी तिलोत्तमा-०४,को कार्यावाहक टोल अध्यक्षले आर्थिक बर्ष ०७९/०८० को ति.न.पा-०५ को अध्ययन अवलोकन भ्रमण शिर्षकको राजस्रोतको बजेटबाट बाग्लुन्ग, बेनि, पोखरा भ्रमण गर्न पाईन्छ कि पाईदैन् ?
८।तिलोत्तमा-०५,का उपभोक्ता समिति गठन भएका आधा भन्दा बढी योजनाका काम उपभोक्ता समतिले गर्ने हो कि तिलोत्तमा-०४ स्थित सुर्यदय टोल विकाशका कार्यवाहक अध्यक्षले गर्न पाईन्छ ?

९। तिलोत्तमा-४ का एउटा टोलको का. अध्यक्ष तिलोत्तमा -०५, को वडा दैनिक आउने के काम पर्छ ? के उनी जनप्रतिनिधि हुन्, कार्यलयका कर्मचारी हुन, के उनी वडाबासी हुन् , के ठुलै लाईसेन्स प्राप्त ठेकेदार हुन् यसको जवाफ छ ?

१०।आर्थिक बर्ष ०७९/०८० मा मेरो पहलमा प्रदेश सरकारबाट हरियाली टोलको सार्वजनिक जग्गामामा जेष्ठ नागरिक मिलन पार्क बनाउन १० लाख ल्याएँ  । वडा अध्यक्षले योजना सम्झौताको सिफारिस करिब ६ महिना रोक्नु भो, जनताले वडा कार्यालय घेरा हाले त्यस पस्चात, वडाबाट योजना सम्झौता सिफारिस भयो , तिलोत्तमा नगरपालीकाले कार्यालयले कार्यादेश दियो जेष्ठ नागरिक मिलन पार्कको काम शुरु भई करिब ७०% काम भयो, फेरी हरियाली टोलविकाश,पार्क निर्माण उपभोक्ता समितिलाई करिब २ कठ्ठा सार्वजनिक जग्गा व्यक्तिले मेरो मोहोडा छेकियो भनेर उच्च अदालतमा मुद्धा हालियो पार्क निर्माण काम रोकियो, बजेट फ्रिज भयो र मुद्धा अदालतबाट फैसला आउन बांकी छ ।

११।लुम्बिनी एफ.एम. टोलमा पर्ने तुल्सिपुरे घोलोमाथि प्रतिक्षालय बनाउने प्रस्ताव राखेँ, शान्ति प्राविधिक मा. वि. मा प्रतिक्षालय बनाउन बनाईएको प्लेट करिब ६ महिना थन्कियो, त्यसपछाडि लुम्बिनि एफ.एम टोललाई बिन्ति गरेँ  । प्रतिक्षालय बनाउन सहयोग गर्नुपर्यो भनेपछि टोलबासी समाजसेविद्धय मिनप्रसाद अधिकारी र बिष्णु कालिराजको (प्रो. भिम आभुषण) लगानीमा प्रभातचोकमा प्रतिक्षालय बन्यो ।

१२।मेरो पहलमा प्रदेश सरकारबाट फेरी आर्थिक बर्ष ८०/८१ मा तिलोत्तमाको आधारभूत स्वास्थ्यचौकीमा माथिल्लो तलामा ट्रस निर्माणमा १० लाख र बिधापिठ टोल ज्ञानमीर्गमा १४ लाख आएको छ, त्यहां काम हुन नदिन षडयन्न्रका तानाबाना सुरु भएका छन् के अबरोध जाएज छ त ? यि र यस्ता जनजिविका का सवालको जवाफ मागिन्छ ,माग्नुपर्छ १यो जनताको शाशन व्यवस्था हो नि हैन र ?

१३। नगर एवम वार्डमा आफ्ना ब्यक्ति लाइ दिइने ठेक्का, बिना कोटेसन एवम एउटै ब्यक्ति बाट लिइने ३/४ कोटेसन, नियमबिपरितका खरिद प्रकृया, नियम बिपरित नदि उत्खनन, कागजि र ग्राउन्डमा हुने भिन्नता, अनियमित खर्च , आपसि सेट्टिङ्ग, जनताको कर बाट आएको बजेटको दुरुपयोग भएको देख्दा हामि ले १७ बर्ष सम्म ज्यानको बाजि थापेर लडेर ल्याएको गणतन्त्र माथि उपहास भएको ठहर गरेको छु। यस्ता बिकृतिको आयु धेरै लामो हुदैन्। सत्यको विजय निश्चित हुन्छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर