Sat2024 July 27
२०८१ साउन १२, शनिबार

ज्यालादारीमा काम गर्ने तिलोत्तमाका मजदूरहरुबीच झडप हुँदा एकको मृत्यु

19

बुटवल मणिग्राम, २ असोज ।

रुपन्देहीको तिलोत्तमा मणिग्राममा मजदुरी गर्दै आएका दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मणिग्रामम नजिकै केरवानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप भएको हो । झडपका क्रममा हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । उनको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
मदिरा सेवन गरी मजदूरहरु धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए । झडपका क्रममा घाइते हुनेहरुमा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

झडपमा संलग्न १३ जना मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको बताइए पनि प्रहरीले भने यसबारेमा केही उल्लेख गरेको छैन । प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भैरहेको बताएका छन् । यसरि दारु पिएर जिल्ला वा स्थानको नाममा ग्याङ्ग बनाएर ज्यान्लेवा झडप हुनु दुर्भाग्य एवम बिकृति हो यस्ता बिकृति फैलाउने लाइ कानुनि दायरामा ल्याइ शख्त कारबाहि हुनु पर्दछ्।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर