Fri2024 September 20
२०८१ असोज ०४, शुक्रबार

तेक्वान्दो संघले खेल्न वञ्चित गरेको खेलाडीहरुको आरोप

26

काठमाडौं – नेपाल तेक्वान्दो संघले ११ औं कोरियन एम्बेसडर खुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको भोली पल्ट तेक्वान्दोकै केहि खेलाडीले आफूहरुलाई खेलबाट वञ्चित गराएको आरोप लगाएका छन् ।

संघले जारी गरेको सूचनाकै आधारमा भदौ ४ गते भन्दा अगाडि नै नाम दर्ता गर्न खोज्दा विभिन्न बहाना गरि नाम दर्ता गर्न नदिएको खेलाडीहरुले आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै खेलाडीहरुले तेक्वान्दो संघले विभेद गरेको आरोप लगाएका हुन् । उनीहरुले खेल्न पाउने आफ्नो अधिकारलाई सम्बोधन नगरे न्यायिक लडाई लड्ने चेतावनी पनि दिएका छन् ।

नेपालस्थित दक्षिण कोरियाली दूताबास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा भदौं २७ देखि ३१ गतेसम्म कोरियन एम्बेसडर तेक्वान्दो सन्चालन हुँदैछ । संघले खेलाडीमाथि निरंकुशता लाद्न खोजेको आजको परिस्थिति सृजना भएको उनीहरुको आरोप छ ।

पत्रकार सम्मेलनमा बोल्दै कोटेश्वर डोजाङ्गका खेलाडी एलिस ठकुरीले तेक्वान्दो संघका केहि पदाधिकारीहरुको आन्तरिक विवादकै कारण आफूहरुलाई खेल्नबाट बन्चित गरेको बताएका छन् । उनले संघले खेलाडीलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् ।
‘तेक्वान्दो संघ सबैको साझा संघ हो, संघ आफैमा खराब होइन, संघ चलाउने व्यक्तिहरुको निरंकुशता हाबी हुँदै जाँदा संघ नै बदनाम बनेको छ, उनले भने, यो गलत हो्,‘यो प्रवृत्तिको अन्त्य हुनुपर्छ र हामी खेलाडीले निर्वाध र निष्पक्ष रुपले खेल्न पाउनु पर्छ ।’

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x