Sat2024 July 27
२०८१ साउन १२, शनिबार

त्रिपालमुनि बस्दै आएका छ जना भूकम्पपीडितको मृत्यु

16

रुकुमपश्चिम, मङ्सिर १३ गते । रुकुम पश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।

आठविसकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनका अनुसार वडाको पिपलचौर गाउँमा दुई जनाको मृत्यु भएको हो । त्रिपालमुनि बस्दै आउनुभएका स्थानीय ६८ वर्षीय टिकु जैसी र खली जैसीको मृत्यु भएको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । टिकुको मङ्सिर १० गते र खलीको १२ गते मृत्यु भएको हो ।

त्यसै गरी सोही नगरपालिका वडा नम्बर ११ मा तीन जनाको मृत्यु भएको छ । कात्तिक ३० गते ७० वर्षीय दत्ते पुन, मङ्सिर ५ गते ८० बर्सिया पद्मी ओली र मङ्सिर ११ गते ७५ वर्षीय नौले पुन मगरको मृत्यु भएको हो ।

सानी भेरी गाउँपालिकामा पनि चिसोको कारण एक जनाको मृत्यु भएको छ । सानी भेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको मङ्सिर  १० गते मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताउनुभयो । भूकम्पले घर बस्न नमिल्ने गरी उहाँहरू त्रिपालमा बस्दै आउनुभएको थियो ।

मृतक ज्येष्ठ नागरिकहरू दीर्घ रोगी रहेको समेत बताइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर