Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दशैंका लागि एकै दिन एक लाखले काठमाडौं उपत्यका छाडे

15

दशैं सुरु भएसँगै दशैं, तिहार, छठलगायतका चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा चाडपर्वमा एक लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । योसँगै दशैं सुरु भएको दिन घटस्थापनाका दिनदेखि हालसम्म उपत्यकाबाट चाडपर्व मनाउन घर छाड्नेको संख्या चार लाख ६६ हजार नाघेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय।

तीन दिनयता उपत्यकाबाट बाहिरिनेको संख्या बढेको उनले बताए । उनका अनुसार असोज १५ गते घटस्थापनाका दिन ५१ हजार २७९ उपत्यका छाडेका थिए भने भोलिपल्ट ५१ हजार ३ सय ८७ जनाले उपत्यका छाडेका थिए ।

त्यसैगरी असोज १७ गते ७३ हजार ८ सय ९६, असोज १८ गते ९१ हजार १०२ र असोज १९ गते ९८ हजार ३ सय ३२ जनाले उपत्यका छाडेका छन् ।निजी सवारीसाधनमा जानेलाई वञ्चित गरिएकोले चाडपर्व मनाउन घर जानेको संख्या बढी हुनसक्ने उनले बताए । RSS

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर