Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दसैंको उपहार स्वरुप मणिग्राम स्थित अनु तरकारी पसल एण्ड सप्लायर्सले बाँड्यो निःशुल्क तरकारी

16

 

रुपन्देही । मणिग्राम सब्जी मण्डिका प्रायः सबै सटर बन्द छन्। कारण हो यहाँ भाडामा सटर लिएका व्यापारीहरुको बुटवल स्थित मण्डिमा पनि व्यवसाय हुनु। बुटवलको मण्डिमा सडक विस्तारको क्रममा त्यहाँको सब्जी मण्डि रहेको ठाउँ समेत जाने भए पछि विकल्पको रुपमा मणिग्राममा ठाउँसारी गर्न बनाईएका सयौं सटर दिनभर बन्द रहन्छन्। जुन व्यापारीको बुटवलको सब्जीमा मण्डीमा व्यवसाय छैन उनीहरुले मात्रै मणिग्राम सब्जी मण्डिमा दोकान सञ्चालन गरेको अवस्था छ । तर यहाँको सब्जी मण्डिका व्यापारीहरु बुटवलको सब्जी मण्डि पूर्व योजना अनुसार मणिग्राम नसरेकोले भने जस्तो बजार भाउ आफूहरुले नपाएको गुनासो गरेका छन् । मणिग्राम स्थित सब्जी मण्डीमा पसल सञ्चाल गर्नेहरु सबै स्थानीय नै हुन् । उनीहरुले पुरानो बस पार्क बुटवल स्थित सब्जी मण्डिमा सटर भाडामा नलिएकोले मणिग्रामको सब्जी मण्डिमा मात्रै व्यवसाय सञ्चालन गरेका छन् ।

सडक विस्तार योजना अन्तर्गत बुटवलको सब्जी मण्डिको जग्गा सडक निर्माणमा प्रयोग हुने भएपछि मणिग्राममा विकल्प स्वरुप अर्काे सब्जी मण्डि निर्माण गरिएको थियो । मणिग्रामको सब्जी मण्डिमा रहेका १७८ वटा सटरहरुमध्ये करिब २५ वटा दैनिक खुल्ने गर्दछ ।  सरकारको नीति र निर्णयको भर भरोसा नरहेकाले धेरै व्यवसायीहरुले बुटवल र मणिग्राम दुबै सब्जी मण्डिमा सटर भाडामा लिएको स्थानीय स्रोतले बताएको छ ।

सटर नं १११ र ११२ दैनिक खुल्छ र व्यापार बट्टा पनि राम्रै हुने गरेको छ । यस सटरमा सब्जी पसल सञ्चालन गर्ने व्यक्ति अनु रहमान हुन् । मण्डिको प्रायः सबै सटर बन्द रहँदा  पश्चिमतर्फ फर्केको एक मात्र दोकान अनु तरकारी पसल एन्ड सप्लायर्सलाई भने भ्याइ नभ्याइ छ । यहाँ दैनिक खुल्ने गरेका दोकानहरुमा प्रायः ग्राहकको चाप शून्य हुँदा अनु तरकारी पसलमा ग्राहकहरुको घुँइचो रहन्छ । सब्जी किनमेल गर्ने ग्राहकहरुको बढ्दो चापले फुर्सद नभएको र ग्राहकलाई छिटो छरितो तरकारी जोखेर दिन नभ्याएको पसल सञ्चालक रहमानले बताए।

थोक तथा खुद्रामा सामान पाइने हुनाले ग्राहकको भीड लागेको रहमान बताउँछन्। दशैँको अवसरमा रहमानले आफ्नो पसलमा तरकारी किनमेल गर्न आउने प्रत्येक ग्राहकलाई दुई दुई किलो सिमि दसैँमा उपहार स्वरुप बाँडेको जानकारी दिए। रहमान भन्छन् –  “ग्राहक नै भगवान हुन् र भगवानलाई खुशी राख्न सके नाफा व्यापारमा भइहाल्छ । हंसिलो मुख, इमानदार व्यवहार र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्ने रहमान लामो समयदेखि यस पेसामा आबद्ध छन्।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर