Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दीपावली पर्वमा असावधानीका कारण बाँकेको तीन स्थानहरुमा आगलागी

17

नेपालगन्ज । दीपावलीको अवसरमा असवाधानी अपनाउँदा बाँकेको ३ स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरा र बैजापुरका २ पसलमा आगलागी भएको छ भने नेपालगन्जको एक पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

नेपालगन्जको घरबारीटोलमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको हो । ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको छ । दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

आजै राति बाँकेको राप्तीसोनारी स्थित बैजापुरको एउटा पसलमा आगलागी भएको छ । राप्तीसोनारी ४ बैजापुरमा स्थानीय दयानन्द थारुले संचालन गरेको पसलमा आगलागी हुँदा पसलमा रहेको समान नष्ट भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

गएराति मात्र बाँकेको खजुरामा लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट सल्केर विष्णु बर्माले संचालन गरेको बर्मा हार्डवेयर पसलमा आगलागी भएको थियो ।

आगलागीबाट मानवीय र पशु चौपायाको भने क्षति नभएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर