Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दुई जनाको शव फेला

16

भरतपुर महानगरपालिकाको मिलनचोकमा आज एक पुरुष र एक महिलाको शव फेला परेको छ ।

३० देखि ३२ वर्षसम्मका व्यक्तिको शव दुई बोरामा बाँधेर फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । दुबै हात खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको थियो ।

शवको सनाखत हुन सकेको छैन भने घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर