Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, चार पक्राउ

20

काठमाडौँ- मानिसको जीवनशैली राक्षसी प्रवृत्तिमा परिवर्तन भएको प्रमाण दिनहु हुनेगरेका हिंसात्मक घटनाले पुष्टि गरिदिएको छ । मानव मानव नभएर दानवको भूमिकामा सक्रिय देखिन्छ । जुन व्यक्तिले आफ्नो स्वार्थको लागि निर्दाेष पशुपन्छीको घाँटी रेट्न पछि पर्दैन त्यसले मानिसमाथि आफ्नो दम्भ र अहङ्कारका लागि धारिलो हातहतियार प्रयोग गर्दैन भन्न सक्ने वातावरण नै रहेन । यो दानवीय व्यावहार आगामी दिनहरुमा अझ बढ्दै जाने देखिन्छ ।

काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले बताए ।

उनले भने, “गए राति दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।” धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर