Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले सुरु गर्याे धरपकड

16

काठमाडौं । आन्दोलनको तयारी गरिरहेका दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले धरपकड गरेको छ । आन्दोलनको तयारी गर्न काठमाडौंको तीनकुनेमा जम्मा हुन लागेका प्रसाईं समर्थकलाई प्रहरीले तितरबितर पारेको हो ।

सो क्रममा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारी समेत रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईं समूहलाई आन्दोलन गर्न बल्खु क्षेत्र तोकेको थियो । तर, प्रसाईं समूहले आफ्नो आन्दोलन निरन्तर रहेको र आज तीनकुनेमा प्रर्दशन गर्ने बताएका थिए ।

प्रशासनले तीनकुनेमा प्रसाईंलाई आन्दोलन गर्न अनुमति नदिएको भन्दै धरपडक गरेको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर