Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दुर्गा प्रसाईंको महाअभियानमा धर्म गुरुहरुको सहभागिता

15

काठमाडौं- मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको ‘राष्ट्र बचाऔं’ महाअभियानमा आवद्ध धर्म गुरु परिवारले सोमबार गौशलामा प्रदर्शन गरेको छ।

धर्म गुरु परिवारको प्रदर्शन र नारावाजीका कारण यतिबेला राजधानी काठमाडौंको गौशलास्थित सडकमा सवारी आवत-जावतमा समस्या भएको छ।

बाक्लो संख्या प्रदर्शनकारीहरुको जम्मा भएको भीडका कारण सवारी साधान दोहोरो रुपमा चल्न सकेका छैनन्।

मेडिकल व्यावसायी प्रसाईंले यही मंसिर ७ गतेदेखि ‘राष्ट्र, राष्ट्रियता र नागरिक बचाऔं’ महाअभियानको थालनी गरेका गरेका हुन्। त्यसयता सरकारको ‘नजरबन्द’का बाबजुद पनि उनी र उनका समर्थकले विभिन्न किसिमका आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेका छन्।

प्रसाईंले आन्दोलन सुरु गर्दाको दिन नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालले पनि प्रदर्शन कार्यक्रम गरेको थियो।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर