Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भोलिदेखि काठमाडौं बन्द हुन्छ- दुर्गा प्रसाईं

15

काठमाडौं । बल्खुमा प्रहरीसँग भएको झडपमा आठ/नौजना आन्दोलनकारी घाइते भएको जानकारी प्राप्त भएको छ ।

प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर बल्खु चोक खाली गराएपछि तनाव सानेपातर्फ सरेको छ । आन्दोलनकारीले बल्खु पुल तरेर सानेपातर्फबाट प्रहरीलाई ढुंगा प्रहार गरेपछि प्रहरीले पुनः अश्रुग्यास प्रहार गरेको छ । चक्रपथ क्षेत्रमा अहिले पनि तनाव जारी रहेको छ ।

आन्दोलनकारी–प्रहरी झडप रोकिएन, बल्खुबाट सानेपातर्फ सर्‍यो तनाव

प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउनेक्रममा दोहोरो झडप भएको थियो । त्यसमा आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको प्रसाईंले बताए ।

प्रसाईंतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५/३० जना घाइते भएका छन् ।  “अब भोलिदेखि काठमाडौं बन्द हुन्छ । आज नै केही मात्रमा मात्र खुलेको हो ।” भन्दै प्रसाईले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौं बन्द गर्ने दाबी गरे । प्रहरीले आजको आन्दोलनमा हस्तक्षेप गरेर भोलि देखिको आन्दोलनलाई सहयोग गरिदिएको उनको भनाइ छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर