Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दुर्गा प्रसाईं समर्थकको प्रदर्शन : बल्खुमा तोडफोड र ढुंगामुढा

13

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका छन् ।

उक्त झडपमा दुईजना घाइते भएका छन् । घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो ।

बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन् ।

हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, गणतन्त्रवादी होशियार, राजतन्त्र जिन्दाबादका नारा भन्दै बाजागाजासहित काठमाडौको विभिन्न ठाउँबाट रैली बल्खुतर्फ बढेको देखिएको छ । दुर्गा प्रसाईले आफूलाई राजावादी नभएको बताए तापनि बल्खु केन्द्रित प्रदर्शनमा अधिकांश राजावादीहरु रहेको बुझिएको छ ।

दुर्गा प्रसाईं समर्थकको प्रदर्शन : बल्खुमा तोडफोड र ढुंगामुढा

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर