Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दुर्गा प्रसाईं समर्थक २६ जना पक्राउ, तीनकुनेमा पनि प्रदर्शन गर्न नपाइने

16

 

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, आङनिमा शेर्पा, नवराज अधिकारी, तेजनारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उणेश पराजुली, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरी थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यम कुमार मैनाली, हरीप्रसाद दहाल, दिलबहादुर घिसिङ, धन सिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र सावित्रा क्षेत्री रहेका छन् ।

उनीहरुलाई माइतीघरस्थित प्रहरी वृत्तमा राखिएको छ । प्रहरीले काठमाडौंको तीनकुने क्षेत्रमा चारजना भन्दा बढी भेला हुन नपाइने बताएको छ । त्यहीअनुसार कडाइ गरिएको प्रहरीले जानकारी दियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर