Sat2024 July 27
२०८१ साउन १२, शनिबार

दुर्घटनामा गुल्मी मदानेका २८ वर्षीय युवकको मृत्यु

18

 

असोज १, रुपन्देही । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बुटवल उपमहानगरपालिका वडा न १२ तामनगर भमाहा खोला पुल नजिकै बुटवल बाट पश्चिम्तर्फ जाँदै गरेको लु ४३ प २६८४ नम्बरको मोटरसाइकल र पश्चिम्बाट बुटवलतर्फ जाँदै गरेको भारतीय न.प्लेटको महिन्द्रा बोलेरो गाडी एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार अन्दाजी २८ वर्षीय युवकको मृत्यु भएको छ।

दुर्घटनामा परि सख्त घाइते भएका युवकको उपचारका क्रममा बुटवल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मी मदाने गाउपालिका वडा न.१ स्थाइ घरभै हाल रुपन्देहीको सैनामैना नगरपालिका वडा न.४ शिशै डाडा भन्ने ठाउँमा बस्दै आएका थिए।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर