Sat2024 July 27
२०८१ साउन १२, शनिबार

देशको आधा भू–भागमा बादल, कति छ काठमाडौंको तापक्रम ?

18

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

काठमाडौंमा आज बिहान ५ः४५ बजेको तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

विभागले राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने जनाएको छ ।

आज वर्षा तथा हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको हो ।

यसैबीच, बिहानको समयमा भिजिविलिटी कम भए पनि धेरै समय नरहने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । “बिहानको समयमा भिजिविलिटी केही डाउन छ । तर यो त्यति धेरै असर गर्ने खालको छैन,” उनले भनिन्, “दिनभर रहने हुस्सु कुहिरो छैन । केही समयमै हट्छ । देशको आधा भू–भागमा बादल लागेको छ । बादल लागेपछि बाक्लो हुस्सु र कुहिरोको सम्भावना हुँदैन ।”

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर