Sat2024 July 27
२०८१ साउन १२, शनिबार

देशभर शान्तिपूर्ण रुपमा भइरहेको कक्षा १२ को परीक्षा

37

आज बिहान ८ बजेबाट देशभर एकैपटक कक्षा १२ को परीक्षा सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा अनुसार ७७ वटै जिल्लाका एक हजार ५२५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ ।
बोर्डले देशमा एक हजार ५२५ र जापानमा एक गरी जम्मा एक हजार ५२६ परीक्षा केन्द्र स्थापना गरेको छ ।
जापानको परीक्षा केन्द्रमा इमेल मार्फत प्रश्नपत्र पठाएर पनि परीक्षा सञ्चालन गरिएको छ ।

डा शर्माले भने, ‘आज बिहान ८ बजेदेखि देशभर शान्तिपूर्ण रुपमा कक्षा १२ को परीक्षा सम्पन्न भयो, विद्यार्थी उत्साहका साथ परीक्षामा सहभागी भएको जानकारी प्राप्त भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर